वीरगंज १ फागुन ।.आर्थिक क्षेत्रमा कृयाशिल पर्साका पत्रकारहरुको आज सम्पन्न भेलाले इकोनोमिक जर्नालिष्ट एशोसिएसन (EJA) गठन गरेको छ ।  भेलाले हिमालय टेलिभिजनका क्षेत्रीय ब्युरो प्रमुख विजय कुशवाहाको अध्यक्षतामा अनुप तिवारी, भुषण यादव, अलि असगर देवान आर.के. पटेल, अशोक संग्रौला, जितेन्द्र साह,  सफल खतिवडा, राम कुशवाहा, सुष्मा शर्मा, श्याम कुशवाहा, रेणुका मल्ल, संजिव मिश्र, समिना रंजितकार, विक्की नेपाल लगायत १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आर्थिक क्षेत्रमा क्रियाशिल पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मुलुकको समृद्धीमा वीरगन्जको महत्वपूर्ण योगदान रहेकोले अब यहा“बाट मिशनको रुपमा आर्थिक पत्रकारीता गर्नुपर्ने सुझाव दिनु भयो ।

वीरगन्ज मुलुकको लाइफ लाईनको रुपमा रहेको र वीरगन्ज बन्द भएपछि मुलुक समेत ठप्प हुने गरेकोले यहा“को समृद्धी बिना आर्थिक विकास हुन नसक्ने अचार्यले बताउनु भयो । उहा“ले मुलुकको समग्र आर्थिक विकासमा यस संस्थाबाट योगदान पुग्ने गरि कृयाशिल भएर लाग्न आवद्ध पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

 त्यसैगरि सम्पन्न भेलाले नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपाल, के.सी.लामिछाने, अध्यक्ष श्याम बन्जारा, पूर्व उपाध्यक्ष ध्रुव साह, महेशचन्द्र गौतम, ध्रुव अधिकारीलाई संस्थाको सल्लाहकारमा चयन गरेको छ ।