वीरगंज,बैशाख २
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पूर्वाधार र यातायात क्षेत्रको विकासका लागि गम्भिर ढंगले काम भईरहेको बताएका छन् । उनले राष्ट्रिय राजमार्गमा सानो पनि खाल्डो नहोस भन्ने निर्देशन आफूले मातहतका निकायलाई दिईसकेको जानकारी दिए । वीरगञ्जमा रहेको आवाज एफएम ८८ मेगाहर्जको दोस्रो वाषिकोत्सव समारोहमा मन्तव्य व्यक्त गर्दै उनले वर्तमान सरकारले प्रदेश नं २ को विकासका लागि कुनै कसर बाँकी नराख्ने बताए । भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपि शर्मा ओलीले भारतीय समकक्षीसँग प्रदेश नं २ को विकास र समृद्धिका लागि विशेष कुरा उठाएको उनको भनाई छ । । यसैबिच यस बर्षदेखि रेडियोले स्थापना गरेको आवाज एफ.एम उत्कृष्ट रेडियो पत्रकारिता पुरस्कारबाट एफ एमका राकेश साह पुरस्कृत भएका छन । पत्रकार साह प्रमुख अतिथी एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ बाट नगद पाँच हजार सहित सम्मान पत्र पाउनु भएको छ । यता वीरगंज महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष अवधकिसोर कुशवाहा सहितको टोलीले बिकाश निर्माण सम्बन्धि ज्ञापन पत्र बुझाएका छन । टोलीमा वडा सदस्य लालबाबु यादव, रामप्रसाद यादव लगायत रहेका छन । यसैगरी आईसीपी मुआब्जा पिडित संघले पनि मन्त्री महासेठलाई ज्ञापन पत्र बुझाएको थियो ।एफ.एमका अध्यक्ष श्याम बन्जाराको अध्यक्षताम भएको कार्यक्रममा प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, पुर्व सांसद राजकुमार गुप्ता, बिचारी यादव,लगायतकालेले आ आफनो धारणा राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य एफ.एमका सत्रुधन नेपालले गर्नुभएको थियो भने सहजीकरण सुरेश बिडारीले गर्नुभएको थियो । यसैैगरी “समानता र विश्वासको आधार” आवाज एफ.एम. ८८ मेगाहर्ज आजदेखी दोश्रो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको क्रममा एफ.एम परिसर वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एफएमका अध्यक्ष श्याम बन्जाराको अध्यक्षता भएको कार्यक्रममा १४ महिला सहित ८८ जनाले गरेका छन । रक्तदान गर्नेहरुमा लालबाबु यादव,रबि गुप्ता, रबिन्द्र श्रेष्ठ,पुष्पा कुशवाहा, राजेन्द्र सिंह, अनिल वर्मा,आनन्द पटेल, संजिव मिश्रा, रंजित पाण्डे, राकेश गुप्ता,वासिम हुुसेन, आकाश गुप्ता, अजय साह , अकलेश साह,राकेश साह, रश्मिराज भण्डारी, दिनानाथ साह लगायत रहेका छन । रक्तदान कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगि, उपमेयर शान्ति कार्की, सशस्त्र प्रहरी उपरिक्षक शान्तिकुमार कार्की, प्रहरी नायब उपरिक्षक मानबहादुर राई, एमाले नेता चिरंजिवी आचार्य, बालगोपाल थापा, ब्लडडोनर्र्स एशोसियसन पर्साका सचिव अरबिन्द सिंह, राष्टिय जनता पार्टीका सहमहासचिव नेजामुद्धिन समानी, तरुण दल बाराका अध्यक्ष लुकेस सिंह, वीरगंज युवा समाजका अध्यक्ष कमल चौैगाई, पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, समाजसेवी मुकेस सरावगिलगायतको सहभागिता थियो