वीरगंज जेष्ठ २४

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ । निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएका खड्काले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गर्नुभएको हो । उहाँले निगमलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको बताउनुभयो । उहाँको कार्यकाल अझै ६ महिना बाँकी थियो । कार्यकारी निर्देशक खड्काले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिनुभएको हो । उहाँले बिना जिम्मेवारी नौ महिनासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थन्किएर बस्नु पर्दाको पीडा सैह्य नभएपछि पदबाट राजीनामा दिनु परेको पनि स्पष्ट पार्नुभयो कार्यकारी निर्देशक खड्काले आफू नेतृत्वमा रहँदा निगमलाई सहज ढंगले पेट्रोलियम पदार्थको आपूर्ति गर्न सक्ने बनाउने प्रयास गरेको दावी पनि गर्नुभयो ।