वीरगंज, १२ जेठ/ कलैया नगरपालिका, बरेवा निवासी २५ वर्षीया सविता देवी दुईजना नाबालक छोरीको हत्या गरी आफू पनि मर्ने प्रयासमा असफल भएकी छन् । सविताले नाबालिक छोरी ३ वर्षीया अनिता कुमारी, ४ वर्षीया काजल कुमारीलाई वीउमनपा–१८ भेडिआही टोलनजिक रहेको सि·ाहा नदीमा पानीमा डुबाएर मारेको प्रहरीले जानकारी गराएको छ । दुवै छोरीलाई मारेपछि आफैं पानीमा डुबी आत्महत्या गर्ने क्रममा गोठालाले देखेपछि सवितालाई बचाएको प्रहरीले बताएको छ । सविता सिकिस्त भएको कारण उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाइएको प्रहरीले जनाएको छ ।भेडिआही गाउँनजिक रहेको सि·ाहा नदीको एकान्तमा दुवै बच्चालाई लगी सविताले डुबाएर मारेको र आफू पनि मर्न खोजेपछि स्थानीय बासिन्दाले बचाएको हो । हत्या र आत्महत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीय रमेश साहका अनुसार गाई–भैंसी चराउने व्यक्तिहरूले पानीमा महिला डुबिरहेको देखेपछि उद्धार गरेर र प्रहरीलाई खबर गरेको बताए ।  प्रहरी निरीक्षक यम गुरुङले दिएको जानकारी अनुसार विजय साह कानूकी पत्नी सविता देवीले पारिवारिक समस्याका कारण आत्महत्या गर्ने प्रयास गरेको हुन सक्ने बताएका छन् ।