वीरगंज, २१ असार ÷ पर्सा जिल्ला देउरवाना गाविस–२ निवासी ४० वर्षिय ज्ञानेन्द्र चौधरीको आज आफैले चलाएको ट्रेक्टर पल्टि च्यापिएर मृत्यु भएको छ । खेतीबारीमा प्रयोग गर्नका लागि खरिद गरीएको सो ट्रेक्टर आफैले चलाएर खेततर्फ जाने क्रममा बाटोमा पल्टिर टे«क्टरले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । सडक बाटो बर्षायाममा हिल्याम्य भएर खाल्डाखुल्डी परेको र सन्तुलन बिग्रिएर दुर्घटना भएको थियो ।