वीरगंज, ३२ जेठ÷ वीरगन्जमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार वीरगन्ज–पथलैया सडकखण्डमा चल्ने सवारी साधन सिटी साइडका एक जना सहचालकको ज्यान गएको हो ।

ना३ख १४४२ नम्बरको सिटी साइडका बाराको जीतपुर निवासी निकेश शाहको बिहान घन्टाघर स्थित सिटी साइड पार्कमा मृत्यु भएको प्रहरीले जनाएको छ  ।  उक्त गाडीका सहचालक रहेका निकेश आफँैले गाडी चलाएर ल्याउँने क्रममा गाडीबाट खसेर सोही गाडीले किच्दा उनको मृत्यु भएको जनाएको छ ।

सवारी चलाउन पोख्त नभएका उनी जबर्जस्ती गाडी चलाउँदा र एकैचोटी गाडी तीव्र गतिमा चलेका कारण दुर्घटना भएको स्थानीयको भनाइ छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पतालको शवगृहमा राखेको छ।