वीरगंज, १७ जेठ ÷ वीरगंज उपमहानगरपालिका कार्यालय आधुनिक मिनाबजारको टेण्डर निकालेपछि तरकारी तथा फलफुल र माछामासु व्यावसायी संघ विरोधमा उत्रिएको छ । तरकारी तथा फलफुल र माछा मासु व्यावसायी संघ पर्साको टोलिले आज वीउमनपाका कार्यकारी अधिकृत विष्णु कोइरालालाई भेटेर ज्ञापन दिएका छन ।

तरकारी तथा फलफुल व्यावसायी संघ पर्साका अध्यक्ष बीरबहादुर कल्वार, माछामासु व्यावासायी संघ पर्साका अध्यक्ष अन्सार मंसुरले आज संयुक्त विज्ञप्ती बुझाउदै मिनाबजारको सवालमा पुर्व सहमति लागु गर्नु भएको छ । वहाहरुले सहमतिको पालना नगरिए आन्दोलन गरिने चेतावनी पनि दिनुभयो । व्यावसायीको कुरामा कार्यकारीणी अधिकृत कोइरालाले पर्सी जेठ १९ गते मंगलवारका दिन त्रिपक्षिय बैठक बस्ने र समाधानको उपाय खोजिने आश्वासन दिनु भएको छ ।

माछामासु व्यावसायी संघका सचिव ग्यासु मिया देवानले तरकारी र माछामासु व्यावासायी संघको ४÷४ जना प्रतिनिधी र वीउमनपाको कार्यकारी अधिकृत, अधिकृतहरुबीच त्रिपक्षिय वार्ताको समय तोकिएको बताउनु  भयो । मिनाबजार निर्माण हुदा तत्कालिन प्रजिअ नागेन्द्र झाको रोहबरमा बसेको बैठकले बजारको हकमा निर्माण भएपछि पुराना व्यावसायीहरुलाई दिने र त्यसबाट बाकी रहेकोमा मात्र नया व्यावसायीहरुलाई बहाल दिने निर्णय भएको थियो ।

 वीउमनपाले अहिले निर्माण कार्य सम्पन्न नै नभएको अवस्थामा मिनाबजारको टेण्डर माग गरेको छ । जेठ ९ गते ३० दिने म्यादसहितको टेण्डर आव्हान गरिएपछि व्यावसायीहरु आन्दोलनमा उत्रिएका हुन । यसअघि तरकारी तथा फलफुल व्यावसायी मात्र आन्दोलित हुदै पत्रकार सम्मेलन गरेको थियो भने आजदेखी माछामासु व्यावसायीहरु पनि आन्दोलनमा होमिएको छ ।