वीरगंज २२ चैत्र । आदिशक्ति माता महिला बचत समूह वीरगंज १३ अशोकवाटिकाको प्रथम साधारण सभा आज सम्पन्न भएको छ । वीरगंजको अशोक वाटिकामा रहेको मन्दिरमा आयोजित साधारण सभाको विरगंज उपमहानगरपालिकाका इन्जिनियर सुनिल कर्णले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका मुकेश गुप्ता, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका निवर्तमान अध्यक्ष अशोक तिवारी लगायतको सहभागिता रहेको थियो । आदिशक्ति माता महिला बचत समूहकी अध्यक्ष रुपा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी सचिव निलम कर्णले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने समूहमा २७ जना सदस्य रहेको र हाल सम्म १ लाख ३९ हजार ९९ रुपैया बचत संकलन गर्न सफल भएको सचिव कर्णले बताउनु भयो ।