वीरगंज अषाढ २७

कर्णालीमा पर्यटन प्रवर्द्धनका लागि जुम्ला रारा अल्ट्रा म्याराथन आज सुरु भएको छ ।पर्यटन वर्षलाई टेवा पुग्ने गरी कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता सुरु गरिएको हो ।जुम्ला रारा अल्ट्रा म्याराथोन प्रतियोगितामा अन्तराष्ट्रिय धावकदेखि साहित्यकार तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरुको सहभागिता रहेको छ ।अन्तराष्ट्रिय धावक सुनमाया बुढा पनि जुम्ला देखि रारा तालसम्मको प्रतियोगितामा सहभागिता भएकी छिन् ।‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रलाई विश्वमा पहिचान गराई पर्यटन प्रबद्र्धन गर्नका लागि अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गरेको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।उनका अनुसार, खेल क्षेत्रबाटै कर्णालीका विभिन्न ठाउँहरुलाई चिनाउने तथा रारा कर्णाली पर्यटन बर्ष २०७५ लाई सफल पार्न पनि प्रतियोगिताले सघाउनेछ ।