वीरगंज २३ साउन । भाई बहिनीको प्रेमको प्रतिक रक्षा बन्धन पर्व आज तराईका जिल्लामा मनाईदैछ । र्प साउन शुक्ल पूर्णिमाका दिन रक्षा बन्धन पर्व मनाइने चलन अनुरुप आजका दिन बहिनीले आफ्नो भाईको हातमा राखी बाँध्ने गर्छन् भने भाईले बहिनीलाई उपहार दिने गर्छन् । यसवर्ष चन्द्र ग्रहण लाग्ने भएकोले चन्द्र ग्रहण लाग्नुभन्दा ९ घण्टा अगावै रक्षा बन्धन मनाउन पण्डितहरुले सुझाव दिएका छन् । चन्द्र ग्रहण लाग्नुभन्दा ९ घण्टा अगाडिसम्म असौच रहने भएकोले चन्द्र ग्रहण शुरु हुनुभन्दा ९ घण्टा पहिले नै रक्षा बन्धन मनाउन पण्डितहरुले सुझाव दिनुभएको छ । यसैबीच सरकारले तराइका २० जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुर जिल्लामा आज बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।v