वीरगंज, पुस २१। वीरगञ्ज महानगरपालिकाले शितलहरबाट प्रभावित नगरबासीका लागि आगो ताप्न काँचो दाउरा वितरण गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं २३ का वडा सदस्य एवं एमालेका वडा कमिटि अध्यक्ष लालबाबु यादवले शुक्रबार विज्ञप्ती जारी गर्दै महानगरले जाडोमा नबल्ने हरियो दाउरा वितरण गरेको भन्दै असन्तुष्टी जनाएका छन् । उनले सुकेको बल्ने खालको दाउरा महानगरपालिका भित्र राखिएको आरोप लगाउँदा सुकेको दाउरा तत्काल वितरण गरि नगरबासीलाई राहत प्रदान गर्न आग्रह गरेका छन् । अत्याधिक चिसो बढेपछि महानगरपालिकाले नगरका विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाउन दाउरा वितरण गरेको थियो । तर महानगरले वितरण गरेको दाउरा काँचो परेको र आगो नबलेर धुवा मात्रै दिईरहेको गुनासो जनप्रतिनीधिहरुले नै गरिरहेका छन् ।