बारा, जेठ २१।  बारामा बिहीबार बिहान परेको चट्याङ लागेर एकजना बालकको ज्यान गएको छ। अरु दुइजना बालक घाइते भएका छन। दक्षिण झिटकैया २ काअमिरका ठाकुरका छोरा १४ बर्षिय सन्देश ठाकुरको चट्याङ लागेर ज्यान गएको प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।

स्थानीय मौजेलालका छोरा १३ बर्षिय पवन साह र जमुना यादवका छोरा १६ बर्षिय विकास यादव घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरुको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। आँप बगैचामा आँप टिप्ने क्रममा उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ।