नयाँ दिल्ली,८ फागुन – भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र भारती समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नौ सम्झौता तथा समझदारी भएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्री ओली र मोदीको उपस्थितिमा सम्झौता पत्र आदान प्रदान भएको छ ।

सम्झौतामा २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ । यो भूकम्पपछि भारतले दिने घोषणा गरेको १ हजार करोड डलरको एक चौथाइ मात्र हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गरिएको १ हजार करोड खर्चबारे कुनै सहमति हुन सकेन ।

सम्झौताको अर्को बुँदा मुजफ्रपुर ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने उल्लेख छ । सम्झौता अनुसार यो १०१६ अक्टोबरसम्ममा २०० र डिसेम्बर १०१७ सम्ममा ६०० मेगावाट पुर्‍याइने छ ।

Nepal-India-Joint-Meating

यसैबीच नेपालले भारतसँग खरिद गरेको थप ८० मेगावाट बिजुलीको औपचारिक आयात आजबाट सुरु भएको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको आज (शनिबार) भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रिर्माटमार्फत स्वीच थिचेर उद्घाटन गरेका हुन्।

दुबै प्रधानमन्त्रीले हैदराबाद हाउसमा भएको एक समारोहमा बिजुलीको स्वीच अन गरेर उद्घाटन गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी (एनभीभीएन)बीच बिजुली खरिद बिक्री सम्झौता भइसकेको छ ।

सम्झौताअनुसार नेपालले आगामी असारसम्म ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनबाट ८० मेगावाट बिजुली ल्याउने छ । आयात हुने बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्नेछ । एनभीभीएनले प्राधिकरणलाई प्रतियुनिट भारु ३.४ अर्थात ५ रुपैयाँ ५० पैसामा बिजुली बेचेको हो ।

त्यसमा आयात लागत जोड्दा ७ रुपैयाँ माथि पुगेको छ । प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइन निर्माण दुई कम्पनीलाई प्रतियुनिट १ रुपैयाँ ५३ पैसा प्रसारण शुल्क तिर्नुेपर्ने भएकाले थप महंगो भएको हो ।

सम्झौताअनुसार गत बुधबारदेखि भारतदेखि ३० मेगावाट बिजुली परीक्षणका रुपमा ल्याउन सुरु भईसकेको थियो । आजदेखि सम्झौता अनुरुप पुरै ८० मोगावाट बिजुली आउन सुरु भएको छ ।

– See more at: http://narayanionline.com/archives/7263#sthash.FbQCy8Wo.dpuf