वीरगंज,जेठ २५÷नेपालमा गत बैशाख १२ र २९ गते गएको महाबिनासकारी भुकम्पमा परी ज्यान गुमाए तथा घाईते भएका परिवाहरुको लागि अहमदिया संघ नेपालले राहत बितरण गरेको छ । भुकम्प प्रभाबित ललितपुर जिल्लाको धुगेना लाकुरी भन्ज्याङ्ग र तिनचम्के त्रिपेनी नगरपालिकाको गोदावरीका १४६ परिवारलाई वाटर सरभाइभल बक्स बितरण गरेको हो । पानी फिल्टर सहित ३२ किसिमका घरेलु समाग्री रहेको सो बक्सले भुकम्प पिडितलाई धेरै राहत मिल्ने मोहमद ईस्माईल ताहिरले बताए । मोहम्द ईस्माईल ताहिर र श्री चौधरीबासे अहमदको नेतृत्वमा राहत बितरण गरिएको थियो । सो अवसरमा गृहमन्त्रीका छोरा हरिष गौतम,स्वकिय सचिवआन्नद सुवेदी,युवा कार्यकर्ता मोहन अहमद, मौलाना मुईन अहमद , समीन अहमद, नजीरुल हक, लगायत युवा कार्यकर्ताहरुको सहभागिता रहको थियो । भुकम्प गएदेखि नै संघले नेपालको बिभिन्न जिल्लाहरुमा राहत बितरण गर्ने काम निरन्तर रुपमा जारी नै राखेको बताए।