वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति बाराक ओवामाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका ६ अमेरिकी र दुई नेपाली सेनाका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

नेपालको महाभूकम्पमा परेकाको उद्दार राहतका लागि खटिएको अमेरिकी सेनाको हेलिकप्टर हराएर दुर्घटना भएको थियो।

समाचार संस्था एपीका अनुसार अमेरिकी संसद् बाहिर शुक्रबार भएको स्मृतिसभामा राष्ट्रपति ओबामाले भने, ‘हाम्रा सैनिकले एउटा सत्यको प्रतिनिधित्व गर्छन् जसले विश्वभर हुने हाम्रा कामलाई निर्देशित गर्छ, हाम्रा मित्रलाई सहायता आवश्यक हुँदा अमेरिकाले सघाउँछ।’