काठमाडौं, १० भदौ । बलियो प्रतिस्पर्धी अफगानिस्तानलाई हराउँदै नेपाल साफ यु–१९ प्रतियोगिताको फाइनलमा पुगेको छ । विहीबार एन्फा कम्पलेक्स सातदोवाटोमा भएको खेलमा प्रतिद्धन्दी अफगानिस्तानलाई ३–२ ले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।
नेपालका तर्फबाट अन्जन बिष्टले २ र सुनिल बलले १ गोल गरेका छन् । आजै हुने भारत र बंगलादेशबीचको सेमिफाइनलमा जित निकाल्ने टोलीसँग नेपालले फाइनल प्रतिस्पर्धा गर्ने भएको छ ।