बिरगंज जेष्ठ १८

पर्सागढी नगरपालिका वडा नं. ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय बरवा छटैली र श्री नेपाल राष्ट्रिय नि.मा बि हरदासपुर छटैलीमा किसोरीहरुलाई सेनेटरी प्याड बितरण गरिएको छ । बाल मैत्रि कार्यक्रम अन्र्तगत कक्षा ७ देखि १२ सम्मका २४५जना  किसोरीहरुलाई सो प्याड बितरण गरिएको हो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष अच्छेलाल प्रसाद यादवको अध्यक्षता एवं उपमेयर अर्चना  चौधरीको प्रमुख अतिथी मा भएको कार्यक्रममा वडा अध्यक्ष सम्सुदिन साह देवान, प्रधानाध्यापक रामबहादुर चौधरी,वडा सदस्यहरुको सहभागिता रहेको थियो ।