वीरगंज, १५ साउन ÷
एमाले निकट विद्यार्थीहरको संगठन अनेरास्ववियूको यहि महिनाको १६ गते शनिबार पार्टी कार्यालयमा हुने अधिवेशनको सबै तैयारी पुरा भएको कुरा आज आयोजित पत्रकार सम्मेलनमा व्यक्त गरियो ।  उक्त अवसरमा अखिलका केन्द्रिय उपाध्यक्ष दिपक गौतमले अधिवेशनले शैक्षिक क्षेत्रका समस्यालाई समाधान गर्न संदेश प्रदान गर्ने धारणा राख्नुभयो ।  पत्रकार सम्मेलनमा एमालेका केन्द्रिय सदस्य दिनेशराई, अखिलका केन्द्रिय नेताहरु शिवजी गुप्ता, उमेश गुप्ता, अरुण यादव, राधिका खतिवडा, एमाले नेता सुन्दरकुर्मी लगायतको सहभागिता रहेको थियो ।