वीरगंज चैत्र १९
अनुभुती एजुकेशन फाउण्डेशनले आज एक विशेष समारोहका बीच कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको टाउन हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन पर्साका अध्यक्ष डा।हरिशंकर सिंहले विद्यार्थीहरुलाई आउँदो कक्षा १२ को परिक्षामा राम्रो अंक ल्याई उज्जवल भविष्य निर्माणको लागि शुभकामना दिनुभयो । वहाले दक्ष एवं उत्कृष्ट विद्यार्थी उत्पादनमा अनुभुती एजुकेशन फाउण्डेशनले महत्वपुर्ण भुमिका निर्वाह गरेको समेत बताउनुभयो । कार्यक्रममा कलेजका विद्यार्थीहरुले विभिन्न सास्कृतिक एवं रचनात्मक प्रस्तुतीका साथै शुभकामना आदान प्रदान समेत गरेका थिए । कलेजका प्रिन्सीपल सुमन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, हिमालय टेलिभिजनका क्षेत्रिय व्युरो प्रमुख विजय कुशवाहा, कलेजका फाईनेन्स डाईरेक्टर सरोज हुसैन, कलेजका प्राध्यापक, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।